चितवन, १६ साउन । व्यस्थापन संकायमा जिल्लामा उत्कृष्ट नतिजा दिन सफल बोष्टन ईन्टरनेशनल कलेजले मोफसलमा नै पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको पाचँ दिने गहन तालिम गर्ने भएको छ ।
चितवनमा व्यवसायिक अभिवृद्ध गराउन र कर्पोरेट हाउस आवद्ध व्यवसायिकक व्यक्तित्वहरुको क्षमता वृद्धि गर्न तालिम पहिलो पटक आयोजना गर्न लागेको कलेजका कार्यकारी निर्देशक राजु तामाङ्गले जानकारी दिए ।
कलेज परिसरमा पत्रकार सम्मेलन गर्दै कलेज पहिलो पटक एम.बि.ए दोश्रो ट्राईमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई समेत लक्षित गरि यो तालिम आयोजना गरेको उनले बताए ।
पाचँ दिने तालिममा विश्व स्वास्थय संगठन र विश्वका प्रसिद्ध कम्पनीहरु नेस्ले, एयरटेल, महिन्द्रामा प्रशिक्षकको रुपमा समेत अनुभव संगालि सकेका अन्र्तराष्ट्रिय प्रशिक्षक राजेश कपुरले प्रशिक्षण दिनेछन् ।
कर्पोरट हाउसलाई १ लाख रुपैया शुल्क तोकिएको तालिममा कलेजका ३२ जना विद्यार्थीहरुलाई निशुल्क समावेश गराईएको छ । भने तालिममा विभिन्न वयवसायिक सफलता कसरी हासिल गर्ने, उत्कृष्ट कर्पोरेट हाउस कसरी बनाउने लगायतका विषयबस्तुहरुमा कपुरले सहजीकरण गर्नेछन् । तालिम यहि १८ देखि २२ गते सम्म भरतपुरको भरतपुर गार्डेन रिर्सोटमा सञ्चालन हुनेछ ।
सन् २००९ देखि पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजले बीबीए, बीबीए विआई अध्यापन गराउदै आएको छ । भने विद्याथीहरुको सर्वागिंण विकासमा समेत सचेत रही शिक्षाको वयवहारिक पाटोलाई समेत ध्यान दिदै विभिन्न विषयमा वर्कशप, गोष्ठी, तालिम, फिल्ड भिजिट, प्रोजेक्ट र्वक, सामाजिक उत्तरदायित्वको काम गर्दै आएको छ । साथै कलेजले निकट भविष्यमा नै बीसीआईएस कार्यक्रम सञ्चालन समेत गर्न उनले बताए ।