२० असार, काठमाडौं । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स मर्ज पछिको एकिकृत कारोबार असार २५ गतेबाट हुने भएको छ ।
मर्जर पछि लुम्बिनी बिकास बैंकको नामबाट यो संस्थाले कारोबार सुरु गर्ने भएको हो ।
भिभोर सोसाइटी डेभलपमेन्ट बैक यस अघि हिमचुली फाइनान्स र बिरगञ्ज फाइनान्स बाट राष्ट्रिय स्तरको बैक एच एण्ड बि. डेभलपमेन्ट बैक हुदै पुन भिभोर संग मर्च भएको थियो । राष्ट्र बैंक ले बिकाश बैंकको चुक्ता पुजी २ अर्व ५० करोड पुर्याउनु पर्ने नितिगत नियमको कारण नेपालका बैंकहरु मर्ज र प्राप्ती गर्दै आइरहेका हुन ।
भिभोर सोसाइटीका ४६ वटा शाखा मार्फत आफ्ना ग्राहाकहरुलाई आर्थिक कारोवारको सेबा दिइरहेको थियो ।लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीका ४ वटा शाखा हरु रहेका थिए । एकिकृत कारोवार पछी ५० वटा शाखाहरु पुग्ने छन ।
भिबोरको १ सय कित्ता सेयर बराबर लुम्बिनीको ८० कित्ता हुने गरि मर्जर भएको थियो । मर्जरपछि बनेको संस्थाको चुक्ता पुँजी २ अर्ब २६ करोड पुगेको छ ।
राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा रहेको यो संस्थाले अझै चुक्ता पुँजी ३४ करोड थप्नु पर्ने भएको छ ।