सोमबार, १९ असार २०७४ काठमाडौं– गण्डकी विकास बैंक लिमिटेडले फेवा विकास बैंक लिमिटेडलाई गाभ्ने भएको छ ।
गण्डकी विकास बैंकले फेवालाई गाभि बुधबार (असार २१) गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ ।
एक आपसमा सम्पूर्ण सम्पत्ति तथा दायित्व सर्ने गरी गाभिई बुधबारदेखि साविकका दुवै संस्थाबाट संचालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार गण्डकी विकास बैंक लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ ।