काठमाडौं – असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । आइतबार ३ बजेसम्म २०० स्थानको नतिजा आएको छ ।
जसमा नेकपा एमालेले ९२ स्थानमा जित दर्ता गर्दै कांग्रेससँगको अग्रता फराकिलो पारेको छ ।
यस्तै कांग्रेसले ७७ स्थानीय तह जितेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले २७ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ , मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले १–१ स्थानमा जीत दर्ता गरेको छ ।