चुक्ता पूँजी पुर्याउने पहिलो विकास बैंक
असार १८, २०७४
काठमाडौं – महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंकवीच आइतबारबाट एकीकृत कारोवार हुने भएको छ । दुई बैंक मर्ज भएपनि बैंकको नाम भने महालक्ष्मी बिकास बैंकनै रहनेछ ।
दुई बैंक मर्ज भएपछि नेपाल राष्ट्र बैंकले ताकेको चक्ता पूँजी पु¥याउने पहिलो बिकास बैंक बनेको छ । यी बैंकको मर्जपछि चुक्ता पूँजी २ अर्ब ६३ करोड पुगेको छ । दुवै संस्थाको कूल निक्षेप २४ अर्ब २१ करोड र कर्जा लगानी २० अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
यी दुई संस्थाको कुल शाखा संख्या ६५ पुगेको छ भने चैत मसान्तसम्म खुद नाफा ६७ करोड ७४ लाख पुगेको छ ।