१३/३/२०७४, मंगलबारआज सडकमाथिबाट झरेको पहिरोले ४० मिटरसम्म सडक पुरेको छ । पहिरो हटाउने काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।
यसअघि, मंगलबारै बिहान मुग्लिन–नारायणगढ सडकखन्डको कालीखोलानजिक साढे दुइकिलो भन्ने स्थानमा गएको पहिरो हटाएर यातायात सुचारु गरिएको थियो । कालीखोलामा गत शुक्रबार पहिरो खस्दा चार प्रहरी पुरिएका थिए ।
सडक अवस्थाबारे मंगलबारै व्यवस्थापिका–संसदको विकास समितिले अनुगमन गरिरहेको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी–साधन बीच बाटोमै अलपत्र परेका छन् ।