जेष्ठ ३१, चित्रवन बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्यक्रम अनुसार “सहकारी शिक्षा प्रशिक्षण कार्यक्रम” संस्थाको अध्यक्ष श्री भुनव आचार्यको अध्यक्षता र संस्थाको पूर्व अध्यक्ष तथा संस्थापक अध्यक्ष श्री सोमराज खनियाको प्रमूख आतिथ्यतामा मिति २०७४ साल जेष्ठ ३१ गते संस्थाको आफ्नै भवनमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्री सन्त बहादुर गुरुङ्गज्यूले राख्नुका साथै समग्र संस्थाको परिचय तथा चिनारी सहित कार्यक्रमको जानकारी दिनुभएको थियो भने कार्यक्रममा निवर्तमान अध्यक्ष श्री राजेन्द्रमणि काफ्लेले शुभकामना व्यक्त गर्नू भएको र उक्त कार्यक्रममा प्रशिक्षकको भुमिकामा संस्थाको कार्यक्रम सहितको विस्तृत जानकारी संस्थाका प्रबन्धक श्री सुरज चालिसेबाट सहकारी सम्बन्धी प्रशिक्षण गर्नुभएको थियो । उक्त कार्यक्रम समग्रमा नयाँ शेयर सदस्यहरुलाई संस्थाप्रति अपनत्वको भावना तथा सकहकारी सम्बन्धि ज्ञान जगाउने उद्धेश्यले राखिएको थियो । सो कार्यक्रममा ३७ जना शेयर सदस्यहरुको सहभागीता र सञ्चालक समिति, लेखा समिति, पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरुको सभागी रहेको थियो भने कार्यक्रम सञ्चालन शिक्षा उप समिति सदस्य श्री विष्णु पौडेल सुवेदीले गर्नुभएको थियो ।