नेफ्सकुनको अनुशिक्षण कार्यक्रम सम्पन्न

दिपक मिश्र । ३। ११
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ( नेफ्सकुन) को आयोजनमा आज एक दिने नेकोस प्लस सफ्टवेयर सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चितवन तथा नवलपुर जिल्लाका विभिन्न वचत तथा ऋण सहकारी संस्थाका ३१ जना प्रतिनीधीहरु सहभागी रहेको अनुशिक्षण तालिममा राजीव कर्ण र मुक्ति कंडेलले प्रशिक्षण दिनुभएको थियो । यमकला सवेदीले सहजीकरण गर्नु भएको कार्यक्रममा जिल्ला सहकारी संघ चितवनका अध्यक्ष टीकाराम भट्टराई प्रमुख अतिथी रहनुभएको थियोे भने भरतप्रसाद दवाडीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम जिल्ला सहकारी संघ चितवनको भरतपुर स्थित सभा हलमा सम्पन्न भएको हो ।

© 2016 Radio Bharatpur. All Right Reserved. Powered by Fine Creation