चुम्लिङटार दुर्घटना : मृतकको संख्या चार पुग्यो, माइक्रो चालकको मात्र सनाखत

चितवन, १ असार । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चसम्लिङटार नजिकै नजिकै दुई ओटा सवारीका साधनहरु एक आपसमा ठक्कर खाँदा चार जनाको मृत्यु भएको भने ६ जना घाईते भएका छन् ।
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको ना ६ ख ४०६४ नम्वरको ट्रक र पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख ७६९२ नम्वरको माईक्रो बस एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा माईक्रो चालक कास्की रुपाकोट–८ बस्ने चन्द्र बहादुर केसी रहेको चितवन प्रहरीले जनाएको छ ।
यसै गरी आर्का एक महिला सहित दुई पुरुषको भने सनाखत हुन सकेको छैन ।  ३ जनाको घटना स्थलमै ज्यान गएको हो भने माईक्रोका चालकको उपचारका लागि लैजादैँ गर्दा ज्यान गएको हो ।
माईक्रो बसले टिकट नकाटेको र चलानी नभरेका कारण अन्यको सनाखत हुन नसकेको ईलाका प्रहरी कार्यालय मुलिनले जनाएको छ । घाईते ६ जनाको अवस्था पनी गम्भिर रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई स्थानीय अस्पतालमा उपचार पछी थप उपचार गर्न चितवनको भरतपुरतर्फ लगिएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

© 2016 Radio Bharatpur. All Right Reserved. Powered by Fine Creation