भेटघाटमा हात मिलाउने, अंकमाल गर्नेभन्दा पनि ‘नमस्कार’ गर्ने, सकेसम्म भिडभाग हुने स्थानमा नजान, श्रोतहरुसँग सूचना लिँदा सकेसम्म टेलिफोन वा अनलाइनमाध्यमको प्रयोग गर्न पनि महासंघले पत्रकारहरुलाई सचेत गराएको छ ।
महासंघले सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गर्ने सूचना र जानकारीलाई आधार मान्न पनि अपिल गरेको छ ।
‘आम मानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्यतथ्य सूचना सम्प्रेषण गर्दा उनीहरुको बुझाइ सुध्रिने र त्रास कम हुने वातावरण बन्छ, आधा अधुरो जानकारीले त्रास र संक्रमितप्रति विभेद बढाउने काम मात्र गर्छ,’ महासंघले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यसैले आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔँ, सामाजिक सञ्जालमार्फत पनि यस्ता सूचना प्रवाहित गरौँ । हामीले दिने सही सूचनाले धेरैतिरबाट आउने गलत सूचनाको प्रतिकार हुन सक्छ ।’