काठमाडौँ शिक्षा क्याम्पसका क्याम्पस प्रमुख सत्रुघनप्रसाद गुप्ताले ३३ प्रतिशत शिक्षाको भार बोकिरहेका सामुदायिक क्याम्पसहरुलाई सरकारले दिएको अनुदान रकम कम भएकाले बढाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा समामुदायिक क्याम्पसहरुको शिक्षा क्षेत्रमा ठूलो योदान रहेपनि सरकारले अहिले सम्म उनिहरुको विकासका लागि ठोस नीति र पहल गर्न नसकेको बताउनुभयो ।
क्याम्पस प्रमुख गुप्ताले आंगिक क्यापसहरुले सवै क्षेत्रमा शिक्षा दिन नसकिरहेको अवस्थामा सामुदायिक क्याम्पसहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान दिइरहेको बताउनुभयो । उहाँले अहिले सरकारको शिक्षा नीतिलाई प्रभावकारी बनाउन र सवैलाई उच्चशिक्षाको अवसर प्रदान गर्न देशभरी सामुदायिक क्याम्पसको भूमिका रहेको बताउनुभयो ।
गुप्ताले भन्नुभयो,‘ अहिले सामुदायिक क्यम्पस सवै ठाउमा पुगेका छन । हिमाल पहाड र तराइमा पुगेका सामुदायिक क्याम्पसहरुले कुल उच्च शिक्षाको ३३ प्रतिशत भार बोकिरहेका छन् । नीजि र त्रिवि अन्तरगतका क्याम्पसहरु भन्दा शुल्क पनि सस्तो छ । केहि विषयमा त सामुदायिक क्याम्पसले त्रिविलाई टपेका समेत छन्’ ।
उहाँले राज्यलाई ठूलो सेवा दिइरहेका यस्तो क्याम्पसको उच्चशिक्षामा ३३ प्रतिशत योदान रहेपनि सरकारले ५ देखि ६ प्रतिशत मात्रै अनुदान दिएको र यो ज्यादै न्युन भएको बताउनुभयो । सामुदायिक क्याम्पसहरुमा अध्यापन गराउने प्राध्यापकहरुको सेवा सुविधा र पारिश्रमिक मुख्य चिन्ताको विषय भएकाले राज्यले कम्तिमा पनि तीन दरवन्दी दिने वा सो बराबरको सहयोग गर्नुपर्ने गुप्ताको भनाई छ ।